logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कास्कीको रुपामा एमालेका ३ वडाअध्यक्ष सर्वसम्मत सिफारिस


अंकुरण खबर
715
Shares

स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी सुरु गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस सुरू गरेको हो । एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् ।

यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो ।

अध्यक्षसहित सदस्यहरूको नाम समेत सिफारिस भएको बताईएको छ । बाँकी वडाहरुमा आजै साँझसम्म आन्तरिक प्रतिस्प्रर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ ।