काठमाडौं – १३औं दक्षिण एसियाली खेलुकद (साग) मा नेपालले बक्सिङतर्फ एक स्वर्ण पदक जितेको छ ।
नेपालका लागि मीनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् । उनले महिला ४८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् ।
आफूले नेपाललाई स्वर्ण पदक दिलाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिएकी छन् ।