logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङको आठ वटै पालिकाको प्रतिवद्धता पत्र तयारीमा जुट्यो एमाले


अंकुरण खबर
1.17K
Shares

स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिवद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ ।

एमाले लमजुङले प्रतिवद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजिवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रमगरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २/२ जनाको सहभागिता रहेको थियो ।

एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्नेमा जोड दिए । नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिवद्धतापत्र आउनुपर्ने अधिकारीले बताए ।

८ वटै पालिकाबाट आगामी वैशाख २ गते प्रतिवद्धतापत्र तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिवद्धतापत्र घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले दिए ।