logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने


अंकुरण खबर
1.417K
Shares

फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ ।

युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ ।

विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।