logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


अंकुरण खबर
2.132K
Shares

स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए।

लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए।

लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन्।