logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजदूत शेर्पा, बुद्धिजीवी देवकोटासहितले छाडे माओवादी, एमालेमा प्रवेश


अंकुरण खबर
1.17K
Shares

ओवादी केन्द्रका चर्चित नेताहरू एमाले प्रवेश गरेका छन् ।

माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पार्टी छाडेका हुन् ।

उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।