logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फा उपाध्यक्ष राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार


अंकुरण खबर
910
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बनेका हुन् । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिडेको राईले बताए ।

राई एन्फाका मनोनित उपाध्यक्ष हुन् । २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उनी महत्वपूर्ण भूमिकामा थिए ।

यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुन् । राई नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति हुन् ।