logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छायानाथ रारामा नेकपा माओवादी र एकीकृत समाजवादीबीच समिकरण


अंकुरण खबर
1.066K
Shares

मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको मेयरमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपमेयरमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यसअघि केन्द्रको सर्कुलर अनुसार पाँच दलले तालमेल गर्ने बताएका थिए । तर, मुगुमा त्यो हुन सकेको छैन । यी दलले कांग्रेससँग समिकरण नगरेपछि नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजोड फेरिएको छ ।