सिन्धुपालचोक जिल्लाका १२ वाटै पालिकामा छिटफुट बाहेक सौहार्द वातवरणमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
यही वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ गते उम्मेदवारी दर्ताको समय निर्धारण गरे बमोजिम १२ वटै पालिका र १०३ वटै वडामा निर्वाचनमा सहभागी दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
इन्द्रावती ३ को अध्यक्षमा भीमसेन थापा
यसैबीच इन्द्रावती गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा झम्कनाथ नेपाल र उप-अध्यक्षमा शोभाना तामाङले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वडा नम्वर ३ मा वडा अध्यक्षमा भीमसेन थापा, सदस्यहरु खुल्लामा दानबहादुर तामाङ, दिपक बानिया, महिला सदस्यमा रेनुका अधिकारी र दलीत सदस्यमा डल्ली कामीले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाबासीको दुख सुखमा साथ दिदै आएका अध्यक्ष थापा विगत लामो समयदेखि एमालेका निष्ठावान कार्यक्रता र सफल व्यावसायी पनि हुन् ।