logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश


अंकुरण खबर
1.378K
Shares

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए ।