logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उधौली पर्वका अवसरमा उपसभामुखको शुभकामना


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – किराँत समुदायको महान् चाड उधौलीको अवसरमा संघीय संसद्की उपसभामुख शिवमाया तुम्वाहाम्फेले देशविदेशमा रहेका नेपाली किराँत दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् ।

उपसभामुख तुम्बाहाम्फेले उधौलीजस्ता चाडवाडले नेपाली धर्म, परम्परा र संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हर्षोल्लासपूर्ण मनाउन अपिल पनि गरेकी छिन् ।