logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा प्रिमियर लिग : काठमाडौं गोल्डेन्सले भित्र्यायो ३ भारतीय खेलाडी


अंकुरण खबर
897
Shares

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणका  लागि काठमाडौं गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएको छ ।

नेपाली क्रिकेटमा काठमाडौं गोल्डेन्सले गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटीलाई टिममा ल्याएको हो । यी तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन् ।

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्सबाट खेलेका जयकिशन र गौरव पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन् ।

सुवोध दिल्लीबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाडौंबाट नै खेलेका थिए । जसमा उनले १ सय १६ रन बनाउनुका साथै ८ विकेट पनि लिएका थिए ।

काठमाडौंले यही मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्नेछ । प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ ।