logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने


अंकुरण खबर
988
Shares

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेको हो ।

बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।