logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असन्तुष्ट खेलाडिले भने- क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्तिबाट अचम्मित छौं


अंकुरण खबर
1.157K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेका १० खेलाडीले पत्रकार सम्मेलन गरेका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै कप्तान किरणकुमार लिम्बू आफ्ना सहकर्मीको पक्षमा देखिएका थिए । त्यसको भोलिपल्ट नै खेलाडीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका  हुन् ।

यसअघि एसियन कप २०२३  छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य १० खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए ।

‘हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौं । समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं,’ खेलाडीले भनेका छन्, ‘टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर, सार्वजनिक रूपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।’