काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ ।
मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।
उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आ-आफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।
प्राप्त प्रतिवेदनमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।