logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सत्ता पक्षले आचारसंहिताको उलंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएको : महासचिव पोखरेल


अंकुरण खबर
1.105K
Shares

बिहीबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूले आचारसंहिता विपरीत चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् ।

सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाएका छन् नेकपा एमालेका महासचिव शंकर पोखरेलले ।

उनले सत्ता पक्षले आचारसंहिताको उलंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएको आरोप लगाए र चुनावको निष्पक्षतामाथि प्रश्न उठेको बताए ।

उनले पछिल्लो राजनीतिमा एमाले एकातिर र अरू अर्कोतिर ध्रुवीकृत भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सफल भएर आउने दाबी समेत गरे ।