logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री राउतद्वारा धनुषा विष्फोटका पीडित परिवारसँग भेट


अंकुरण खबर
1.027K
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वर नाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाको पीडित परिवारसँग भेट गरेका छन् ।

आइतबार बिहान टोलीसहित घटना स्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रति मृतक राहत समेत उपलब्ध गराउने बताए ।

मृतक परिवार लाई उपलब्ध गराईने रकमबारे आउदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए । जनकपुर भन्दा केही किलोमिटर मात्रै महेन्द्रनगर हुँदा पनि प्रदेश सरकार पीडित परिवारलाई भेट्न नगएपछि सामाजिक सञ्जालमा प्रदेश सरकारको कडा आलोचना भइरहेको थियो ।

टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलबारसहितको सहभागिता रहेको थियो ।

बम बिस्फोटको घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन् ।

शक्तिशाली बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार नै तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विप्लव नेकपासँग आबद्ध रहेको बताइएको छ ।