logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित रौतहटमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी भए लगत्तै प्रहरीले विप्लव माओवादीका चारजना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार  टेकान टोलका  मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला  प्रहरी कार्यालय, रौतहट स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।

वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।