logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका केसी बम बनाउने सामग्रीसहित पक्राउ


अंकुरण खबर
3.276K
Shares

सरकार प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन् ।

विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसीलाई बम बनाउन प्रयोग हुने सागम्रीसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नं. ६ डेटोनेटर ५ वटा, नं. ३३ इलेक्ट्रिक डेटोनेटर दुई वटा, सेफ्टी फ्युज एक मिटर, सल्फ्युरिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आईईडीमा प्रयोग हुने छर्रा दुई केजी, भोल्टमिटर दुई वटा र ३०३ राइफलको एक राउण्ड गोली पनि बरामद भएको छ ।

उनको साथबाट विप्लव समूहको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसी र बरामद सागम्रीलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यान, खलंगा बुझाइएको छ ।