logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्लोबल टी-२० क्रिकेटमा सोमपाल आवद्ध होक्सले आज चौथो खेल खेल्दै


अंकुरण खबर
2.223K
Shares

काठमाडौं – क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी – ट्वान्टी क्रिकेट लिग अन्तर्गत आज एक खेल हुँदैछ । नेपाली अल राउण्डर सोमपाल कामी सम्मिलित विनिपेग होक्सले बिहीबार चौथो खेल खेल्दै छ ।

ब्राम्प्टन स्थित सीएए मैदानमा होक्सले आज ब्राम्प्टन वोल्फ्सको सामना गर्नेछ । खेल नेपली समय अनुसार राती १०:२० मा सुरु हुनेछ । ब्राम्प्टन २ खेलमा २ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने विनिपेग ३ खेलमा २ जित र १ हारका साथ तेस्रो स्थानमा रहेको छ ।

यसअघि सोमपालको टिम होक्सले टोरोण्टो इन्टरनेश्नललाई ३ तथा भानकुभर नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै होक्सले पहिलो खेलमा मोण्टेरियल टाइगर्ससंग २४ रनको हार ब्यहोरेको थियो ।