logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएल: चितवनले दियो विराटनगरलाई १४७ रनको विजयी लक्ष्य


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – पोखरा प्रिमियर लीगमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ।

पोखरा क्रिकेट मैदानमा जारी खेलमा टस हारेको चितवनले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो।  राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो।

उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए।  त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो। अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे।

जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे। बलिङमा विराटनगरका पुनित मेहरा र मुहम्मद जेइद आलमले एक एक विकेट लिए।  अहिले विराटनगरले जवाफि व्याटिङ गरिरहेको छ।