logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पेस्तोलसहित विप्लवका ६ नेता पक्राउ


अंकुरण खबर
637
Shares

काठमाडौं – नेत्रविक्रम चन्द समूहको प्रतिबन्धित नेकपाका ६ जना नेता पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आइतबार काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

प्रहरीको विशेष ब्यूरोले आइतबार पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तारसहित नेकपा निकट युवा संगठनका ६ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

ब्यूरोले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।