logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईसीसी एकदिवसीय वरियतामा नेपालको स्थान यथावत


अंकुरण खबर
624
Shares

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय वरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहँदै १८ औं स्थानमा रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १८ औं स्थानमै रहेको थियो ।

नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेको छ । यसैगरी, टी–ट्वान्टी वरियतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।

नयाँ एकदिवसीय वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ ।