logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि खेलाडी छनोट


अंकुरण खबर
1.651K
Shares

(क्यान­) ले शनिबार एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट गरेको छ ।

१९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।

नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका अनुसार  १७ जुनमा भुटानसँग ,जुन १८ मा कुवेतसँग , जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली :
रुबिना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे,  काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल, ममता चौधरी, रेखा रावल, ईश्वरी विष्ट