logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ए डिभिजन लिग : मछिन्द्रको दोस्रो जित


अंकुरण खबर
1.82K
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले दोस्रो जित हासिल गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३-० ले हराउँदै दोस्रो जित हासिल गरेको हो ।

मछिन्द्रका लागि पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा सेगुनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा एडेलाजाले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्स अंक विहीन रहदै पुछारमा रहेको छ ।