logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दुई ओपनर घाइते भएपछि सुवासलाई मौका


अंकुरण खबर
923
Shares

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका दुई ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत ओपनरद्वय आसिफ र कुशल घाइते भएको पुष्टि गर्दै सुवासलाई टिममा बोलाउने निर्णय गरेको जनाएको हो ।

नेपालले अमेरिकामा घरेलु टिमसहित ओमान सम्मिलित त्रिदेशीय क्रिकेट लिग खेल्ने तालिका छ ।

नेपालले शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्नेछ ।