logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै


अंकुरण खबर
1.053K
Shares

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ ।

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।