logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हंगरीलाई हराउँदै इटाली शीर्ष स्थानमा


अंकुरण खबर
1.859K
Shares

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई २-१ गोलले हराएको छ। यो इटालीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।

इटालीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरेका थिए। खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरूआती अग्रता लिएको र खेलको ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए भने ६१औं मिनेटमा इटालीका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेका थिए।

पहिलो जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ।