logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः मनाङको अपराजित यात्रा कायमै


अंकुरण खबर
845
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) माथि १-० ले पराजित गर्दै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि जगजित श्रेष्ठले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा जगजितले निर्णायक गोल गरेका थिए ।

यस्तै ७३ औं मिनेटमा मनाङ १० खेलाडीमा समेटिएको थियो । मनाङका एकराज बुढाथोकीले ब्रिगेड ब्याइजका खेलाडीलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोड्दै पुनः लिगको शिर्ष स्थानमा उक्लिएको छ ।