आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।
मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
छनोटमा शीर्ष स्थान प्राप्त गरेको यूएईले भने दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ ।
नेपालले एसियाली छनोटका ५ मध्ये ३ मा जित निकाली ६ अङ्क जोडेर तेस्रो स्थान प्राप्त गर्न सफल भयो।