logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : आर्मीको दोस्रो जित


अंकुरण खबर
832
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले १/१ गोल गरे ।

खेलको ६० मिनेटमा खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । यस्तै ६४ मिनेटमा बुढाथोकीले गोल गर्दै आर्मीले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो ।

खेलमा भरत म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मी ३ खेलबाट ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

शेर्पा ३ खेलबाट २ अंकसहित दशौं स्थानमा छ ।