logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अलमुताइरी :खेलाडीलाई दोष नदिनु, एसियन कप छनोटमा खराब प्रदर्शनको जिम्मा म लिन्छु


अंकुरण खबर
1.365K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शनको दोष खेलाडीलाई नदिन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकबाट खराब प्रदर्शनको जिम्मा आफूले लिने बताएका छन् ।

अलमुताइरीले  ‘म चाहन्छु कि सबै दोष मलाई जाओस्, त्यसैले खेलाडीलाई दोष नदिनुहोस्, लेखेका छन् । उनले टोलीमा केही सकारात्मक कुरा देखिए पनि सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेकाे बताए ।

‘प्रिय नेपाली समर्थकहरू, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरू अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’

नेपालले जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को पराजय बेहोरि कविहीन बनेको थियो ।

प्रतियोगितामा नेपालले १३ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सक्यो ।