रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण फरेष्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको बचाउ गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘२० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’
उनले अघि थपे,‘केही दिन अगाडी गोकर्ण रिसोर्टको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाको भरमा मुल्य राख्ने, हचुवाका भरमा, अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदोरहेछ लिज भनियो ।’
उनले अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने प्रश्नको पनि जवाफ दिए । उनले भने,‘अवधि बाँकी रहँदै कि त्यसलाई नचलाउने भन्नुर्यो सरकारले, कि अरु केही गर्नुपर्यो । जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, कम्पिटिसनमा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन । पहिले भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट लोन लिनपुर्यो, निर्माण गर्नुपर्यो र सञ्चालन गर्नुपर्यो ।