logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै


अंकुरण खबर
1.365K
Shares

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेपछि बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बैठकमा शनिबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ । त्यस्तै पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीले पार्टीसमक्ष राखेका सर्तका विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

एकीकृत समाजवादीले भोलि केन्द्रीय कमिटी बैठक राख्दै १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक बोलाएको छ।