logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको हिसाब : माओवादीको लोकप्रिय मत घट्यो, एमाले र कांग्रेसको बढ्यो


अंकुरण खबर
910
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको दाबी गरेको छ।

पार्टीले एक अन्तरपार्टी निर्देशन(अपानि) जारी गर्दै समग्र मतको विश्लेषण गर्दा निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको दाबी गरेको हो।

अघिल्लो निर्वाचनमा ३३ प्रतिशत मत पाएको एमालेले यो निर्वाचनमा १ प्रतिशत वृद्धि गर्दै लोकप्रिय मत ३४ प्रतिशत पुर्याएको दाबी गरेको छ।

‘समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ। एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाइ मत (३३ प्रतिशत) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ।

मत संख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख १ हजार २५४ र प्रतिशतमा २१. प्रतिशतले जनमत वृद्धि भएको छ’, जारी अपानिमा भनिएको छ, ‘दुवै निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहिआएको छ । २०७४ को निर्वाचनमा ३२.९ प्रतिशत मत पाएको कांग्रेसले यस निर्वाचनमा ३३.३ प्रतिशत मत पाएको छ। यो मत अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ अर्थात् १९.९ प्रतिशतले बढी हो।’