logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ करोडमा विश्वको सबैभन्दा पातलो घडी


अंकुरण खबर
2.067K
Shares

रिचर्ड मिल र फरारी मिलेर विश्वकै पातलो घडी सार्वजनिक गरेका छन् ।

२४ करोड मूल्य राखिएको यो हाते घडीको मोटाई १.७५ मिलिमिटर मात्रै छ । यो विश्वकै पातलो घडी भएको दाबी गरिएको छ । यो घडीले विश्व रेकर्ड कायम गरेको १.८० मिलिमिटरको बेल्गारी घडीलाई संसारको सबैभन्दा पातलो घडीको रुपमा पछाडि पारेको छ ।

ब्याट्रीको लागि कुनै ठाउँ नभएकाले प्रयोगकर्ताले प्रत्येक ४५ घण्टामा घडीलाई म्यानुअल रूपमा घुमाउनुपर्ने हुन्छ । घडी निर्माता कम्पनी रिचर्ड मिलले यो घडी जम्मा १५० वटा मात्र उत्पादन गर्ने जनाएको छ । कम्पनीले घडीको मूल्य १८ लाख ८८ हजार डलर (२३ करोड ९० लाख रुपैयाँ) तोकेको छ ।

रिचर्ड मिलको वेबसाइटमा दिइएको जानकारी अनुसार यो घडी निर्माणको लागि ६ हजार घण्टा समय लागेको छ ।