महिला युरो कपमा गएरातिको खेलमा घरेलु टोली इंग्ल्याण्डले फराकिलो जित हात पारेको छ ।
समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा इंग्लयाण्डले नर्वेमाथि ८–० को फराकिलो जित निकालेको हो । घरेलु टोलीलाई जित दिलाउन बेथ मिडले ह्याट्रिक गर्दा एलेन व्हाइटले दुई तथा जर्जिया स्ट्यानवे, लरेन हेम्प र एलेसिया रूसोले एक/एक गोल गरे।
यो जितसँगै दुई खेलमा ६ अंक जोडेको इंग्ल्याण्डले एक खेल अगावै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नर्वे समान खेलबाट तीन अंकका साथ तेस्रोमा छ ।
यहि समूहको अर्को खेलमा अस्ट्रियाले नर्दन आयरल्याण्डमाथि २–० को जित हात पार्यो ।