logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कल्पना रेग्मीको मन छुने तीज गीत ‘पराईघर’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
3.523K
Shares

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यति बेला तीजका गीतहरुले पनि बजार तातेका छन् । सोही क्रममा कल्पना रेग्मीको शब्द संकलनमा निकै नै मार्मिक गीत ‘पराइघर’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त सार्वजनिक गीतमा रामचन्द्र चन्दको लय रहेको छ भने लक्ष्मी रेग्मी ‘पाठक’ र सीता श्रेष्ठको आवाज सुन्न सकिन्छ । गीतलाई रामचन्द्र चन्दले एरेन्ज गरेका हुन् भने हेमराज डांगीले मिक्सिङ गरेका छन् ।

नेपाली चेलीहरुको दर्दनाक कथामा आधारित रहेको मौलिक गीतमा एउटी चेलीले पराईघरमा भोगेका द:खको भावलाई समेटेको छ । यस भिडियोमा काल्पना रेग्मीले मन छुने अभिनय गरेका छन् ।

शैली क्रियशनले अडियो भिडियो बजार ब्यबस्थापन गरेको भिडियोमा कल्पना रेग्मी, दिलिप रेग्मी, जीवन महर्जन श्रीप्रसाद थापा, अन्जु गौतम र रुकु बिष्टको अभिनय रहेको छ ।

दिलिप रेग्मको निर्देशन रहेको भिडियोलाई बसन्त महर्जनले छायाकंन गरेका हुन् । रमेश विक रसाईलीले सम्पादन गरेका छन् ।

https://youtu.be/OUMvt6tfmVk