logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय गायक उदित नारायणलाई ज्यान मार्ने धम्की


अंकुरण खबर
1.599K
Shares

भारतीय गायक उदित नारायणलाई ज्यान मार्ने धम्की आएको भन्दै सादा पोषाकमा प्रहरी खटाइएको छ । विगत एक महिना अघिदेखि फोन मार्फत ज्यान मार्ने धम्की आएकोले उनले प्रहरी प्रसाशनलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएका छन् । यद्यपी फोनमा धम्की दिँदा पैसाको कुनै माग नगरेको जनाइएको छ ।
उदितले यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । नम्बरको लोकेशन बिहार बताइँदै छ । पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार अब पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ ।

उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।