एजेन्सी – बलिउडका चर्चित अभिनेता शाहरुख खानले छोरी सुहाना खानलाई बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् ।
खान फिल्म जिरोको असफलता पछाडि कुनै पनि फिल्ममा साइन गरेका छैनन् । उनलाई फिल्म जिरोले जिन्दगिमा धेरै दुखी बनाएको बताउछन् । तर उनले छोरा आर्यन खानलाई भने बलिउडमा डेब्यु गराइसकेका छन् । भारतिय मिडियाका अनुसार अभिनेता शाहरुखले अब आफ्नी छोरी सुहाना खानलाई पनि बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् ।
आर्यनले फिल्म द लायन किङ्ग’ मार्फत बलिउडमा डेब्यु गरेका हुन् । सुहानाले भने आफ्नो पढाई पूरा भएपछि बलिउडमा इन्ट्री गर्ने बताएकी थिइन् । खुशीको कुरा त यो होकी उनि छिटटै नै डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।
उनि बेला बेलामा आफ्ना तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । सामाजिक संजालमा उनि निकै सक्रिय रहेकी छिन् ।