logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेम बियोगमा आधारित प्रमोद खरेलको ‘म हारेको छैन’ सार्वजनिक


अंकुरण खबर
2.275K
Shares

काठमाडौं – सदाबहार गायक प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त सार्वजनिक गीतमा आमोश तामाङको शब्द र संगीत रहेको छ । एभरेष्ट ग्यालरीको निर्माण र बजार व्यवस्थापन गरेको भिडियोमा सनम कठायत र सुशीला थापाको अभिनय रहेको छ ।

अन्जन शर्माको निर्देशन रहेको भिडियोलाई  मुकेश हुमागाइले छायाकंन गरेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेका छन् । चितवन क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई आत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ ।