काठमाडौं – लिम्बु भाषाको चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक भएको छ । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित ‘थेत्लङ’ भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास थेत्लङलाई चलचित्र बनाइएको हो ।
उपन्यासका लेखक देउमान होन्दाक हुन् । देउमान लिम्बु होन्दाक, सागर केरुङ लगायतको शब्द रहेको छ । उक्त चलचित्रको गीतमा मनु नेम्वाङ, बिष्णु चेम्जोङ लगायतले स्वर दिएका छन् । चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बु, शान्ति लिम्बु, मुनाहाङ लिम्बु, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बु, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङको प्रमुख भूमिका रहेको छ ।
मनि ताम्लिङ र विराज लिम्बू निर्माता रहेको चलचित्रलाई किशोर सुब्बाले निर्देशन गरेका छन् । हेमन तामाङको छायांकन र सम्पादन रहेको चलचित्र थेत्लङ मा कुल्वा सुब्बा, पविन आङ्देम्बे र यादन सेर्माको संगीत रहेको छ ।