logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक नारायण थापाको ‘दिलमा आगो’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
1.664K
Shares

काठमाडौं – नेपाली सुगम गीत संगीतका चर्चित गायक नारायण थापाको ‘दिलमा आगो सल्कायौ तिमीले’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोलाई ओ एस आर डिजिटलको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो ।

निकै नै मार्मिक तथा समय सान्दार्भिक गीत ‘दिलमा आगो सल्कायौ तिमीले’ मा बिबि थापाको शब्द रहेको छ भने गायक नाराायण थापाले नै संगीत भरेका छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित गीतले समाजमा भईरहेको यथार्थलाई  समावेश गरेको छ । बाहिरी मायाँ प्रेममा फसेर आफ्नो घरपरिवार छोडेर जाँदा यसले पार्ने नकारात्मक प्रभावलाई यस गीत मार्फत उजागर गरिएको छ ।

गीतको भिडियोमा मोडल लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको उत्कृस्ट अभिनय रहेको छ । गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् भने महेश्वर मनराज भण्डारीले मिक्सिङ गरेका छन् । आभुषण ईन्टरटेनमेन्टले अडियो भिडियो व्यवस्थापन गरेको हो ।

उक्त भिडियोको निर्देशन सुवास प्रधानले गरेका छन् । प्रेम लामाले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

https://youtu.be/GzNaTF8ydzY