काठमाडौं – भारतीय चर्चित गायिका अनुराधा पौडवाल भदौ दोस्रो साता नेपाल आउने भएकी छिन् ।
भदौ १४ गते काठमाडौंमा अनुराधा पौडवाल भजन सन्ध्या हुने भएको हो । कार्यक्रममा पौडवालले आफ्ना लोकप्रिय भजन नेपाली प्रशंषकलाई सुनाउने आयोजक प्रशंसा संरक्षण समुहका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए ।
कार्यक्रमलाई संगीतमा सम्भुजित सेबेन नोट ब्यान्डले साथ दिनेछ । भजन सन्ध्यामा नेपालको सुदूरपश्चिमको पहिचान बोकेको कौडा नृत्य सहित भजनहरु सुनाइने कार्यक्रम पनि छ । कार्यक्रमले नेपाल भ्रमण बर्षको प्रबद्र्धनमा समेत सहयोग गर्ने विश्वास लिइएको संगितकार सम्भुजित बाँस्कोटाले जानकारी दिए ।
नेपाल रहदा पौडवालले विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम पनि छ ।