काठमाडौं – डा. अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता’ अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा हरि दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको भिडियोमा बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन् । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा अनिल बराल यसअघि ‘एउटा खाता’ ‘अगालै भरी’ लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन्।