काठमाडौं – बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै यस्तो भिडियो सन्देश पठाएकी छिन्, ।
नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागि हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।
यी अभिनेत्रीले यो फिल्मलाई सफलताको शुभकामना दिँदै आफूले खेलेको नेपाली फिल्म हेरिदिन पनि दर्शकलाई अनुरोध गरेकी छिन् । उनले सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरका साथै फिल्म प्रमोसनमा समेत साथ दिने छिन् उनी ३ दिन नेपालमै बस्ने छिन् ।