बलिउडको सुपरहिट कमेडी सिरिज ‘हाउसफुल ४’ बलिउडको अहिले सम्मकै महँगो कमेडी सिरिज बनेको छ । फिल्ममा बलिउडका स्टार कलाकारहरु रहेकाले यो फिल्म अहिलेसम्मकै महँगो कमेडी फिल्म बनेको हो ।
अक्षय कुमार, रितेश देशमुख, बबी देवोल, कृति सेनन, कृति खरबंदा, पुजा हेगडे, चंकी पाडें, राणा दग्गुबाती, अमांदा रोसारियो, बोमन ईरानी र नवाजुद्धित सिद्धी लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्म निर्माता साजिद नाडियाडवालाले बताए अनुसार आफुले फिल्म बनाउनको लागी कुनै कसुर बाकी नराखेको, जसले सिरिजकै एकदमै राम्रो कमेडी फिल्म बनेको बताए । एजेन्सी-