logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पलले खुलासा गरे आँचलसँगको सम्बन्ध


अंकुरण खबर
1.69K
Shares

काठमाडौं – सामाजिक सञ्जालमा अभिनेत्री आँचल शर्मा र अभिनेता पह शाहको विषयमा धेरै समाचारहरु आउने गरेको छ । विशेषत उनीहरु एक अर्कामा प्रेममा रहेको भन्ने खबरहरु चलचित्र क्षेत्रमा निकै चासोको विषय हो ।

तर उक्त विषयमा पहिलो पटक पल साहले आफनो फेसबुक पेजमा आँचलसँगको फोटोसहित स्टाटस लेख्दै आफ्नो आँचलको सम्बध बारे गलत अर्थ लगाएको भनेका छन् ।

यस्तो छ उनको स्टाटस,

मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ,
आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै अफबाह थियो । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नया जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहालाई गाली नगरिदिनु होला । उहाको नया जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !!
आप जोडी थियौ छौ रहनेछौ !
अन्तमा उहाको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना ।।