logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

फिल्म ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक


अंकुरण खबर
4.433K
Shares

काठमाडौं – असोज १० गते रिलिज गर्न लागेको फिल्म ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

अंकित शर्मा आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यु गर्दैछन् । अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् ।