काठमाडौं – गायिका तारा थापा र विवेक थापाको आवाजमा रहेको गीत ‘लालुमै लालुमै’ सार्वजनिक भएके छ । सार्वजनिक गीतको भिडियोलाई सुरज थापाको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो ।
उक्त सार्वजनिक गीतमा सुरज थापाको शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन श्यामश्वयत रसाइलीको रहेको छ । भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत, रियाशा दाहाल र कुमार लामाले अभिनय गरेका छन् । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
उक्त गीतको भिडियोलाई सुरज थापाले निर्देशन गरेका छन् । उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।